शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लैङ्गिक हिंसा न्यूनिकरण पत्रकारिता पुरस्कार पौडेललाई

बुधबार, ०५ पुस २०७४, ०८ : ०२
बुधबार, ०५ पुस २०७४

कपिलवस्तु - लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियानको अवसरमा साथी संस्थाले प्रदान गर्दै आएको लैङ्गिक हिंसा न्यूनिकरण पत्रकारिता पुरस्कार सञ्चारकर्मी नन्दराम पौडेललाई प्रदान गरिएको छ । 

एक कार्यक्रममा निमित्त प्रजिअ रामेश्वर अर्याल, गैसस महासंघ अध्यक्ष एवम साथी संस्थाको आस्था परियोजना अनुगमन समिति सदस्य प्रविण कुमार श्रीवास्तव र पत्रकार महासंघ शाखा अध्यक्ष डिलाराम भुसालले ५ हजार राशीको पुरस्कार पौडेललाई हस्तान्तर गरेका हुन । 

जिल्लामा लैङ्गिक हिंसा न्युनिकरण र मानव अधिकार संरक्षणका लागि कलम चलाउँदै आएका सञ्चारकर्मीलाई संस्थाले प्रत्यक बर्ष सम्मान गर्दै आएको छ । 

सञ्चारकर्मी पौडेल बुद्ध आवाज साप्ताहिकका प्रधान सम्पादक तथा ईन्सेकका जिल्ला प्रतिनिधि हुन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप