लैङ्गिक हिंसा न्यूनिकरण पत्रकारिता पुरस्कार पौडेललाई
बुधबार, ०५ पुस २०७४, ०८ : ०२
कपिलवस्तु - लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियानको अवसरमा साथी संस्थाले प्रदान गर्दै आएको लैङ्गिक हिंसा न्यूनिकरण पत्रकारिता पुरस्कार सञ्चारकर्मी नन्दराम पौडेललाई प्रदान गरिएको छ ।
एक कार्यक्रममा निमित्त प्रजिअ रामेश्वर अर्याल, गैसस महासंघ अध्यक्ष एवम साथी संस्थाको आस्था परियोजना अनुगमन समिति सदस्य प्रविण कुमार श्रीवास्तव र पत्रकार महासंघ शाखा अध्यक्ष डिलाराम भुसालले ५ हजार राशीको पुरस्कार पौडेललाई हस्तान्तर गरेका हुन ।
जिल्लामा लैङ्गिक हिंसा न्युनिकरण र मानव अधिकार संरक्षणका लागि कलम चलाउँदै आएका सञ्चारकर्मीलाई संस्थाले प्रत्यक बर्ष सम्मान गर्दै आएको छ ।
सञ्चारकर्मी पौडेल बुद्ध आवाज साप्ताहिकका प्रधान सम्पादक तथा ईन्सेकका जिल्ला प्रतिनिधि हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण