राजधानीमा थारू समुदायका महिलाले मनाए जितिया पर्व, तस्बिरमा हेरौं
आइतबार राजधानी लगायत तराईका थारु बाहुल्य जिल्लाहरुमा थारू समुदायका महिलाले सामूहिक पूजा गरि जितिया पर्व मनाएका छन् । प्रत्येक वर्ष आश्विन कृष्णपक्ष सप्तमी, अष्टमी र नवमी तिथिमा मनाउने गरिएको जितिया पर्व यो वर्ष पनि थारु महिलाहरुले धुमधामका साथ मनाएका हुन् ।

यो पर्वका बारेमा आ–आफ्नै किंवदन्ती रहेका छन्। यो पर्वको बारेमा पूर्वदेखि पश्चिमसम्म केही भिन्नता रहे पनि धेरै कुरामा समानता रहेको पाइन्छ । जितिया पर्वसँग जोडेर पृथ्वी, चन्द्र, सूर्य र आकाशको उत्पत्तिको बारेमा उल्लेख गरिएको पाइन्छ भने मानवको सृष्टिपछि सभ्यताको विकासको क्रममा भएको कथालाई समावेश गरिएको पाइन्छ ।
विशेषगरी थारू समुदायमा मनाइने यस पर्वले उक्त समुदायका नारीहरू स्वतन्त्र हुने र पारिवारिक भेटघाट तथा माइती र ससुरालीसँगको सम्बन्ध जोड्नमा मद्दत गरेको पाइन्छ । हेरौं काठमाडौं मनाइएका जितिया पर्वका तस्बिरहरु :















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण