अदालतको आदेशपछि बालेनको प्रतिक्रिया : नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नुहुन्छ ?
बुधबार, ०५ असोज २०७९, २० : ५६
हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजनामा असोज २६ गतेसम्म रोक लागेको छ । उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल ती क्षेत्रका संरचना नभत्काउन आदेश दिएको हो ।
अदालतको आदेशमाथि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ , अदालतले टुकुचा( इछुमती ) नदीलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?'
बुधवार न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रका ती संरचनामा कुनै काम क्षति नपुराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर