छोरा आर्यन खानको गिरफ्तारीबारे गौरी खानको पहिलो प्रतिक्रिया
शाहरुख खान र गौरी खानका छोरा आर्यन खान अघिल्लो वर्ष अत्यधिक चर्चामा थिए । आर्यनलाई मुम्बईबाट गोवा गइरहेको क्रुजको ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्युरो अर्थात् एनसीबीले पक्राउ गरेको थियो । अक्टोबर सन् २०२१ मा आर्यनको गिरफ्तारीपछि ठूलो विवाद निम्तिएको थियो । अदालतमा थुप्रै सुनुवाई भए र थुप्रै समस्या पछि आर्यन खानले जमानत पाएका थिए । यस बीचमा सबैभन्दा बढी चिन्तित शाहरुखको परिवार भयो । अब पहिलो पटक आर्यनकी आमा गौरी खानले यसबारे कुरा गरेकी छिन् ।
गौरीले गरिन् आर्यन केसबारे कुराकानी
करण जोहरको शो कफी विद करणको नयाँ एपिसोडमा गौरी खान पुगेकी थिइन् । यहाँ उनीसँग चंकी पाण्डेकी श्रीमती भावना पाण्डे र सञ्जय कपुरकी श्रीमती महिप कपुर थिइन् । यी दुबैलाई नेटफ्लिक्सको शो फ्याबुलस लाइभ्स अफ बलिउड वाइभ्समा देखिन्छ । शोका होस्ट करण जोहरले आर्यन खानको विवादित केसको नाम नलिइकनै त्यसबारे कुराकानी गरे ।
करण जोहारले गौरी खानसँग भने, ‘यो उसको लागि निकै मुश्किल रह्यो । र तपाईंहरु सबै योभन्दा पनि शक्तिशाली भएर बाहिर निस्कनुभएको छ । मलाई थाहा छ, तपाईं एउटी आमा हुनुहुन्छ । हामी एउटै परिवारको हिस्सा हौँ र म पनि त्यहि परिवारको हिस्सा हुँ, जहाँ तपाईं हुनुहुन्छ । यो कसैका लागि पनि सहज थिएन र गौरी, तपाईं पहिलाभन्दा पनि शक्तिशाली बनेर उदाउनुभएको छ ।’
यसको जवाफमा गौरीले पहिलो पटक आर्यन खानको गिरफ्तारीबारे कुराकानी गरिन् । उनले भनिन्, ‘जसबाट हामी गुज्रिएका छौँ, त्योभन्दा खराब त अरु केही हुनै सक्दैन । तर एक परिवारको रुपमा हामी सँगै जहाँ छौँ, म भन्न सक्छु कि हामी सबै एउटा राम्रो स्पेसमा छौँ । हामीले एक अर्काबाट पाउने प्रेमलाई महसुस गर्छौँ । हाम्रा साथीहरु र ती धेरै मानिसहरु जसलाई हामी चिन्दैनौँ, बाट हामीले अत्यधिक मेसेज पायौँ । यसलाई हामीलाई भाग्यमानी महसुस गराउँछ । हामीलाई सहयोग गर्ने सबैप्रति म असाध्यै आभारी छु ।’
स्मरण रहोस्, आर्यन खानलाई ड्रग्स मामिलामा पक्राउ गरेपछि हिरासतमा राखिएको थियो । यतिबेला उनलाई आर्थर रोड जेलमा पनि पठाइएको थियो । ३० अक्टोबरमा आर्यन जेलबाट आफ्नो घर फिर्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण