पाल्पाबाट ४ बालबालिका र २ महिला हराए
पाल्पा जिल्लाबाट भदौ महिनामा मात्र ८ जना बालबालिका हराएका छन् । जसमध्ये ४ जना भेटिएका छन् । बाँकी ४ जना हराइरहेका छन् । त्यस्तै ६ जना महिला हराएकोमा ४ जना भेटिएका छन् भने २ जना हराइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी भदौ महिनामा भएका घटनाबारे जानकारी गराएको हो । प्रहरीका अनुसार भदौ महिनामा हराएका अन्य ४ जना महिला र ४ जना बालबालिका फेला परेका छन् । त्यस्तै भदौ महिनामा जवरजस्ती करणीका २ वटा उजुरी आएको प्रहरीले जनाएको छ । उक्त अवधिमा पाल्पामा ५ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । भदौ महिनामा २१ मुद्दा परेकोमा ४ वटा फर्स्योट भएको र बाकी १७ वटा बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विरेन्द्र थापाले जारी गरेको विज्ञप्ति अनुसार भदौ महिनामा १३ सय ३ वटा सवारीलाई कारवाही गर्दा ८ लाख ३३ हजार राजश्व संकलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण