ब्रह्मास्त्रबाट रणवीरले लिएनन् पारिश्रमिक
अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको दुई हप्ता पछि पनि चर्चामै छ । फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यहीकारण बक्सअफिसमा पनि यसले विश्वव्यापी रुपमा ३ सय ५० करोड कलेक्सन गरिसकेको छ ।
फिल्मको बजेटका विषयमा पनि उत्तिकै चर्चा छ । हालैमात्र फिल्मका निर्देशक अयान मुखर्जीले फिल्मको बजेट र रणवीरको पारिश्रमिकको बारेमा खुलेर कुरा गरेका छन् । अयानका अनुसार रणवीरले फिल्मका लािग कुनै पारिश्रमिक लिएका छैनन् ।
‘यो फिल्म हाम्रो त्याग र बलिदानका कारण बनेको हो । त्यसकारण यो सत्य हो कि रणवीरको मूल्य एक स्टार र एक अभिनेताका रुपमा फिल्ममा छैन । उनले फिल्म निर्माणका लागि केही पनि लिएनन् । मलाई लाग्छ, उसको त्याग बिना यो फिल्म बन्न सम्भव थिएन । मलाई थाहा छैन अन्य कलाकारले यसो गर्छन् या गर्दैनन्’,उनले भनेका छन् ।
फिल्मले १४ औं दिनमा ३ दशमलब १० करोड कलेक्सन गरेको छ । यो सँगै भारतमा यसले २ सय ३० दशमलब ४० करोडको कलेक्स्न गरिसकेको छ । शुक्रबार परेको नेसनल सिनेमा डेका कारण फिल्मको कलेक्सनमा अझ बढावा हुने निर्माण पक्षको दाबी छ ।
–यसअघि गलत तस्बिर पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण