विकृति न्यूनीकरण गर्न प्रहरीद्वारा सचेतना अभियान
बैतडी प्रहरीले विद्यालय विद्यालयमा गएर सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयमा पुगेर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रमअन्तर्गत यहाँ विभिन्न विद्यालयमा गरी ७४ वटा कार्यक्रम सम्पन्न भइसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । कार्यक्रमअन्तर्गत जिल्लाका सबै प्रहरी चौकीबाट टोली खटेर विद्यालयमा सचेतना कक्षा सञ्चालन भइरहेको छ । समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरण गर्न विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिन थालिएको हो ।
सो कार्यक्रम अन्र्तगत सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागुऔषध दुर्व्यसन रोकथाम, लैङ्गिक, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटनालगायतका विषयमा छलफल गर्ने गरिएको छ ।
उनले भने, “विद्यालयमै पुगेर किशोरकिशोरीसँग गरिने अन्तक्रिर्याले समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने विश्वास छ ।” विद्यालयमा सञ्चालन हुने कक्षामा बालविवाह न्यूनीकरण, घरेलु हिंसा, लागुपदार्थ नियन्त्रण, आत्महत्या रोकथामलगायत विषयमा छलफल हुने गरेको छ । समाजमा रहेका विभिन्न हानिकारक प्रथा प्रचलन हटाउनका लागि प्रहरीले सक्रियता देखाएको हो ।
विद्यालयमा पुगेर प्रहरीले सचेतना दिने कार्यले समाजमा परिवर्तन आउनुका साथै, प्रहरी विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीमार्फत समाजमा हुने आपराधिक गतिविधि न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गत साउनदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई निरन्तता दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
-
‘हिमतालको कारण गाउँ नै सार्नुपर्ने स्थिति छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण