चितवनमा बालबालिकाको निःशुल्क मुटु परीक्षण
चितवन जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिइएको छ । बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेसन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको हो ।
अस्पतालका कार्यकारी प्रमुख डा शङ्कर लौडारीका अनुसार गएको पुसयता हालसम्म सात विद्यालयका तीन हजार पाँच सय जनाको निःशुल्क मुटु परीक्षण गरिसकिएको छ । तीमध्ये १५ जनामा मुटुको बाथरोग, १३ जनामा मुटुको जन्मजात समस्या देखिएको छ । तिनीहरूमध्ये चार जनाको शल्यक्रिया गर्नुपर्ने भएको उनले जानकारी दिए ।
अभियानका क्रममा औषधि निःशुल्क वितरण गरिएको थियो भने शल्यक्रियाका लागि सहजीकरण गरिएको छ । बछ्यौली, शिक्षा विकास , मालपुर , ब्रम्हपुरी , समिपुर र झुवानी मावि सहित स्काइराइडर बोर्डिङ स्कुलमा परीक्षण गरिएको हो । तीमध्ये सबैभन्दा बढी समिपुरमा चार जनामा समस्या देखिएको थियो ।
अस्पतालले मुटुको बाथरोग तथा नवजात रोग परीक्षण गरेको हो । मुटुको भिडियो एक्सरे (इकोकार्डियोग्राफी)को माध्यमबाट परीक्षण गर्ने गरिन्छ । विद्यालयमै भिडियो एक्सरे मेसिन लगेर परीक्षण गरिँदै आएको छ । उनले भने, “विश्वभरि नै इकोकार्डियोग्राफी मुटुको रोग पत्ता लगाउने उपयुक्त प्रविधि हो ।”
बालबालिकामा मुटुमा प्वाल पर्ने, मुटुबाट निस्किने नशा सानो हुने, मुटुको भल्व सुक्ने, मुटुमा पानी जम्मा हुनेजस्ता समस्या देखापर्ने गर्दछन् । यस्तो समस्या भए पनि अधिकांशमा लक्षण नदेखिने हुँदा परीक्षण गर्नुपर्ने डा लौडारी बताए । उनका अनुसार ९९ प्रतिशत मुटुसमस्या इको गरेर पहिचान गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण