ऋचा र अलीको विवाहमा मोबाइल प्रतिबन्ध नहुने
आइतबार, ०९ असोज २०७९, ०८ : ५१
बलिउड अभिनेत्री ऋचा चड्‍डा प्रेमी अली फैजलसँग लामो समयदेखि डेट गरिरहेकी थिइन् । अब यो जोडी आगामी अक्टोबर ४ मा वैवाहिक जीवनमा बाँधिदैछन् । धेरै सेलिब्रेटीहरुले आफ्नो विवाहमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइरहँदा उनीहरुले भने त्यसमा प्रतिबन्ध नलगाउने भएका छन् ।
दीपिका पादुकोण र रणवीर सिंह, अनुष्का शर्मा र विराट कोहली तथा प्रियंका चोपडा र निक जोनासको विवाहमा ‘नो फोन पोलिसी’ अपनाइरहँदा ऋचा र अलीको जोडीले भने विवाहमा आउने पाहुनालाई मोबाइलमा प्रतिबन्ध नलगाउने निर्णय लिएका हुन् । उनीहरु आफ्नो विवाहमा पाहुनाले चित्त बुझुञ्जेल तस्वीर खिचुन् भन्ने चाहन्छन् ।
उनीहरुको प्रि वेडिङ सेरेमोनी नयाँदिल्लीमा हुँदैछ । नयाँदिल्लीको १ सय १० वर्ष पुरानो क्लबमा उनीहरुको विवाहको तीन दिनको कार्यक्रम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण