विवादमा तानियो छेलो शो
भारतबाट ओस्कार अवार्डका लागि सिफारिस गरिएको फिल्म ‘छेलो शो’ विवादमा तानिएको छ । पैन नलिनको निर्देशकीय गुजराती फिल्मलाई फेडरेसन अफ वेस्टर्न इण्डिया सिने एम्प्लोइज९एफडब्लूआईसीई० ले यो फिल्मलाई यो फिल्म एकमात्र नभई धेरै विदेशी फिल्मको नक्कल भएको आरोप लगाएको छ । तर ओस्कारका लागि सिफारिस गर्ने फिल्म फेडरेशन अफ इण्डिया९एफएफआई०ले भने छनोट प्रक्रियामा विवाद नरहेको दाबी गरेको छ ।
ओस्कारमा सिफारिस गरिएका फिल्महरु कुनै पनि फिल्मबाट प्रभावित नभएको हुनुपर्नेछ । यहीकारण यसअघि फिल्म ‘गली ब्वाइ’ पनि अन्य फिल्मबाट प्रभावित भएको भन्दै ओस्कारमा नपठाउने निर्णय भएका थियो । एफडब्लूआईसीईले यो बारेमा सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेखेर फिल्मको चयन प्रक्रियामा भएको अनियमितताविरुद्ध ध्यानाकर्षण गराएको छ ।
उनीहरुले पत्रमा ‘छेलो शो’ विदेशी कम्पनीले बनाएको मात्र नभई यो फिल्मको प्रदर्शन गत वर्ष नै भइसकेको दाबी गरेका छन् । विकिपिडियामा पनि फिल्म ट्रिबेका फिल्म फेस्टिभलमा सन् २०२१ जुन २० मा प्रदर्शन भइसकेको जानकारी दिइएको छ । ‘छेलो शो’ को कथा एक युवकको सिल्भर स्क्रिनको सपनामा आधारित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण