शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिब्रो सुख्खा हुनुको कारण के हो ? जान्नुहोस् यसका घरेलु उपचार

आइतबार, ०९ असोज २०७९, ११ : १०
आइतबार, ०९ असोज २०७९

जिब्रो सुख्खा हुने वा मुख सुक्ने समस्या शरीरमा पानीको कमीका कारण हुने गर्छ । यो समस्या कम गर्न औषधि होइन शरीरलाई हाइड्रेटेड राख्नुपर्छ । यस्तै, तपाईंको जीवनशैली र आहारमा हल्का परिवर्तनहरू आवश्यक छ । यदि तपाईंलाई जिब्रो बारम्बार सुख्खा भएको महसुस भइरहेको छ भने तपाईंले यो समस्यालाई कम गर्न केही सजिलो उपाय अपनाउन सक्नुहुन्छ । यसबारे जानकारी लिऔँ ः

जिब्रो सुख्खा हुनुको कारण के हो ?

शरीरमा पानीको कमी हुनुका साथै मधुमेह, स्नायुमा क्षति, चुरोट र रक्सीको सेवनले जिब्रो सुख्खा हुन सक्छ । यसबाहेक, यदि तपाईं  कुनै गम्भीर रोगबाट छुटकारा पाउनको लागि धेरै औषधि वा थेरापी लिइरहनुभएको छ भने, यो अवस्थामा तपार्इंको जिब्रो सुख्खा हुनसक्छ ।

जिब्रो सुख्खा हुँदा के गर्ने ?

पानी पिउनुहोस्

जिब्रो सुख्खा हुनुको कारण शरीरमा पानीको कमी भएको पनि हुन सक्छ । यस्तो अवस्थामा पर्याप्त पानी पिउनुपर्छ । पानी पिएर डिहाइड्रेसनको समस्याबाट छुटकारा पाउन सकिन्छ । साथै, यसले अन्य थुप्रै समस्या समाधान गर्न सक्छ । जिब्रो सुख्खा हुने समस्यालाई कम गर्न दिनभर बिस्तारै र नियमित रूपमा पानी पिउनुहोस् । यसले तपाईंलाई राम्रो परिणाम दिनेछ ।

ओरल हाइजिनको ख्याल राख्नुहोस्

जिब्रो सुख्खा हुनुको कारण ब्याक्टेरिया र संक्रमण सम्बन्धी समस्या पनि हुन सक्छ । यो समस्या कम गर्न मुखको सरसफाईमा ध्यान दिन आवश्यक छ । यसका लागि नियमित रूपमा ब्रस गर्नुहोस् । साथै, आफ्नो जिब्रो राम्ररी सफा गर्नुहोस् ।

सुगर फ्रि च्युइङगम चपाउनुहोस्

जिब्रो सुख्खा हुने समस्यालाई कम गर्नका लागि चिनीरहित च्युइङगम चपाउन सक्नुहुन्छ । च्युइङगमले मुखबाट र्याल उत्पादन गर्छ, जसले जिब्रो सुख्खा हुने समस्यालाई कम गर्न मद्दत गर्छ ।

अदुवा खानुहोस्

जिब्रो सुख्खा हुने समस्यालाई कम गर्न अदुवा फाइदाजनक हुन सक्छ । तपाईं यसलाई स्प्रे, चिया आदि रूपमा प्रयोग गर्न सक्नुहुन्छ । अदुवाको सेवन गर्दा र्याल ग्रन्थीलाई उत्तेजित गर्न मद्दत गर्छ, जसले र्यालको उत्पादनलाई बढावा दिन्छ । यसो गर्दा जिब्रो सुख्खा हुने समस्यालाई कम गर्न सकिन्छ ।

मह पिउनुहोस्

जिब्रो सुख्खा हुने समस्याबाट छुटकारा पाउन बिहान अदुवा र महको पानी वा चिया पिउनुहोस् । यसले तपाईंको मुखमा रयलको स्राव बढाउँछ । जिब्रो सुख्खा हुने समस्यालाई र्यालको उत्पादन बढाएर कम गर्न सकिन्छ ।

जिब्रो सुख्खा हुने समस्यालाई कम गर्न यी उपाय अपनाउन सक्नुहुन्छ । तर, ध्यान राख्नुहोस् कि यदि तपाईको समस्या बढ्दै गएको छ भने यस्तो अवस्थामा डाक्टरसँग परामर्श लिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप