टिजरमा यस्तो देखियो अक्षयकुमारको ‘राम सेतु’
अभिनेता अक्षय कुमार अभिनित बहुप्रतिक्षित फिल्म ‘राम सेतु’ को टिजर सार्वजनिक भएको छ । दर्शकको प्रतिक्षित सूचींमा रहेको फिल्मको टिजर सार्वजनिक भएपछि फ्यानहरु फिल्मका लागि उत्साहित देखिएका छन् । फिल्मको टिजरमा अक्षयकुमार पुरातत्वविद्को भूमिकामा देखिएका छन् । जसमा उनी राम सेतु बचाउन तीन दिन मात्रै समय भएको बताउँछन् ।
फिल्मको सानो झलक पाएपछि सामाजिक सञ्जालमा मानिसहरु उनका फ्यानले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । टिजरको कमेन्ट गर्दै एक फ्यानले लेखेका छन् ‘फिल्मको लागि उत्सुकता पूर्वक प्रतिक्षा गर्दैछु ।’ यस बाहेक धेरैले यो पोस्टमा फायर इमोजी पनि सेयर गरिरहेका छन् । फिल्म २५ अक्टोबर रिलिज हुँदैछ । फिल्ममा अक्षय कुमारसँगै ज्याकलिन फर्नान्डिज, सत्यदेव कंचराना पनि मुख्य भूमिकामा छन् ।
अक्षयकुमारका लागि २०२२ खासै राम्रो साबित हुन सकेन । यो वर्ष उनका तीन फिल्म ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’ र ‘रक्षा बन्धन’ बक्स अफिसमा असफल साबित भए । यी ठूला फिल्मबाट उनले धेरै अपेक्षा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु
-
‘देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएको जस्तो देखियो’
-
देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
-
५ केन्द्रीय सदस्यसहित ३३ नेता–कार्यकर्ताद्वारा विप्लव नेतृत्वको माओवादी छाडेको घोषणा
-
स्याङ्जामा जिप दुर्घटना : एक जनाको मृत्यु, २० जना घाइते
-
पार्वती’को रत्यौली गीत ‘नौतुनाको रेलैमा’ नीता र दीपाको छमछमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण