यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ
बुधबार, १२ असोज २०७९, १२ : २२
चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई काठमाण्डौको कोटेश्वर र नयाँ बसपार्कबाट आज बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गोंगबुमा राखिएको छ ।
आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले कोटेश्वरबाट ८ जना र नयाँ बसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो ।
चाडपर्वको समयमा यात्रुहरुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधि गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरीने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण