बिग बोसबाट १००० करोड पारिश्रमिकको प्रश्नमा सलमान खानले के भने ?
रियालिटी शो बिग बोसको १६ औं सिजन चाँडै टिभीमा प्रशारण हुँदैछ । अभिनेता सलमान खानले पछिल्लो १२ वर्षदेखि यसलाई होस्ट गर्दै आएका छन् । नयाँ सिजनबारे जानकारी दिन एक लाइभ शो आयोजना गरिएको थियो । यतिबेला सलमान खानले विभिन्न प्रश्नको जवाफ दिए । बिग बोससँगको आफ्नो लगातार १२ वर्षको यात्रा कस्तो रह्यो भनेर सोध्दा सलमानले भने, ‘१२ वर्ष लामो समय भइसक्यो । अब म यसमा भिजिसकेको छु ।
यी चार महिनाको अवधिमा म परिवारका सदस्यहरूसँग हुनेछु । बाटो बिराएका घरका सदस्यलाई बाटो देखाउँछु । जसमाथि दुर्व्यवहार गरिन्छ उनीहरुलाई जोगाउँछु । जुन चार महिना बित्छन्, यसमा सहभागी परिवारका सदस्य जस्तै हुन्छन् ।’ बिग बोसका लागि मोटो शुल्क लिएको हल्लाको सलमान खानले खुलेर जवाफ दिएका छन् ।
उनले भने, ‘मेरो शुल्कको बारेमा सबै रिपोर्टहरू गलत छन् । यदि मैले १००० करोड रुपैयाँ पाएँ भने, म जीवनमा कहिल्यै काम गर्दिनँ । तर एक दिन त्यो समय पनि आउनेछ । यदि मैले यो कहिल्यै पाएँ भने पनि मेरो धेरै खर्च छ... वकिलको शुल्क पनि धेरै नै छ । धेरै पैसा त त्यसमा नै खर्च हुन्छ । मेरो कमाई यसको एक चौथाई पनि छैन । यो जुन आँकडा तपाईंहरुले बढाइचढाइ गर्नु हुन्छ नि, भाइ यसलाई आयकर र ईडीले पनि याद गरिरहेको हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की
-
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु
-
लागुऔषध नियन्त्रण ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ: आईजीपी पौडेल
-
मनिष झाको रविलाई आग्रह : गुटबन्दी गर्नेलाई कारबाही गर्नुस्
-
लागुऔषध दुर्व्यसनीलाई अपराधी होइन, बिरामीका रूपमा हेरिने
-
भूकम्प गएको साढे दुई वर्षसम्म पुनर्निर्माण सुरु भएन, बजेट भाषणमा गफ मात्रै भयो : रोकाया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण