पाल्पामा जिप दुर्घटना हुँदा ४ जना घाइते
बिहीबार, १३ असोज २०७९, ०८ : ४६
असोज १३ पाल्पाको रैनादेवी छहरा–४ मा गए राति जिप दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
बुटवलबाट यात्रु लिएर पाल्पाको जुठा पौवा जाँदै गरेको लु १ ज १४३१ नम्बरको जिप भैरव मावि छहराको निर्माणाधीन भवनमाथि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा डिएसपी वीरेन्द्र थापाले दुर्घटनामा स्थानीय हिरा पुन, कृष्ण बहादुर राई, दीपक पुन, छविलाल रास्कोटी घाइते भएको बताए । जिपमा १० जना यात्रु रहेको थिए । घाइतेलाई पाल्पाकै मिसन अस्पताल तानसेनमा उपचारका लागि ल्याएको छ । जिप के कारणले दुर्घटना भयो भन्ने बारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको आक्रामक सुरुवात, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण