मोरङमा यसरी टुङ्गियो भागबण्डा, गठबन्धनका नेताहरू उत्साहित
सत्ता गठबन्धनका प्रमुख चार दलबीच मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा कांग्रेसलाई र २ वटा माओवादीलाई दिनेगरी लगभग सहमति जुटेको नेताहरुले बताएका छन् । आसन्न प्रतिनिधिसभाका लागि सत्तारुढ गठबन्धनबीच भागबण्डाका क्रममा मोरङको ६ वटै क्षेत्रबारे सहमति भइसकेको कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले बताए ।
०७४ सालको निर्वाचनमा जसले जितेको क्षेत्र हो, उसैलाई दिने सैद्धान्तिक सहमति भएअनुसार नै मोरङमा सहज रुपमा भागडण्डा टुङ्गिएको लिम्बूले बताए । ‘यसअघि माओवादीले जितेको क्षेत्र नम्बर ४ र ५ उसैले पाउने लगभग सहमति भएको छ,’ लिम्बूले भने, ‘बाँकी ४ वटा निर्वाचन क्षेत्र कांग्रेसको भागमा पर्छ ।’
अझै सकेसम्म थप एउटा सिट आफूहरुले लिने प्रयासमा भने रहेको लिम्बूले बताए ।
माओवादीका पोलिटब्यूरो सदस्य तथा मोरङ इन्चार्ज गोपी बहादुर अछामीले पनि मोरङमा सोही अनुसार बाँडफाँटको टुङ्गो लागेको बताए । ‘अन्तिम रुप दिन भने बाँकी छ, हाम्रो पार्टीले यसअघि जितेको निर्वाचन क्षेत्र नछोड्ने भनेको छ,’ अछामीले भने, ‘कांग्रेसले ४ र माओवादीले २ निर्वाचन क्षेत्र पाउने गरी सहमतिको अन्तिम चरणमा हामी छौं । आज दिनभरिमा सहमति भइसक्छ ।’
यता, जनता समाजवादी पार्टीका नेता तथा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले पनि मोरङको ४ वटा निर्वाचन क्षेत्रमा सहमति भइसकेको र क्षेत्र नम्बर ४ र ५ मा आफूहरुको पनि दाबी रहेको कारण माओवादी र जसपाबीच सहमति हुन बाँकी रहेको बताए ।
‘मोरङको क्षेत्र नम्बर ४ र ५ मा हाम्रो पनि दाबी छ,’ यादवले भने, ‘हामी र माओवादीबीच विवाद मिलेको खण्डमा मोरङमा मिल्छ, कांग्रेसले ४ र ५ नम्बर क्षेत्रमा दाबी छोडिसकेको मैले अनुमान गरेको छु ।’
सहमति भएको खण्डमा मोरङको क्षेत्र नम्बर १ बाट कांग्रेसका डिकबहादुर लिम्बू, २ नम्बर क्षेत्रमा कांग्रेसका डा.मिनेन्द्र रिजाल र सुजाता कोइरालामध्ये एक जना, ३ बाट कांग्रेसका सुनिल शर्मा, ४ बाट माओवादीका अमनलाल मोदी, ५ बाट माओवादीकै शिवकुमार मण्डल र मोरङ क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता डा. शेखर कोइरालाले एमालेसँग प्रतिस्पर्धा गर्नेछन् ।
एमालेले भने १ नम्बर क्षेत्रमा घनश्याम खतिवडा र शिवमाया तुम्वाहाम्फेमध्ये एक जना, २ बाट ऋषिकेश पोखरेल, ३ बाट भानुभक्त ढकाल, ४ बाट विनोद ढकाल, ५ बाट गयानन्द मण्डल र ६ नम्बरबाट लालबाबु पण्डित र टिकाराम पुरीमध्ये एक जनालाई उम्मेदवार बनाउने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण