सहुलियत मूल्यको चामलले विपन्नलाई राहत
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड विर्तामोड कार्यालयमा सहुलियत मूल्यको चामल खरिदका लागि दसैँ सुरु भएदेखि नै उपभोक्ताको भीड लागेको छ । यहाँ चामल किन्न मजदुर र विपन्न वर्गका परिवार धेरै आउँछन् । असोज १ गतेदेखि चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा कार्यायलले उपभोक्तालाई चामल बिक्री सुरु गरेता पनि दसैँ सुरु भएपछि मात्र भीड लाग्न थालेको छ ।
कार्यालयले दुई सय क्वीन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्न राखेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । कार्यालयबाट हाल दैनिक ६०÷७० जनाले चामल खरिद गर्ने गरेका छन् । हालसम्म ५० क्वीन्टल चालम बिक्री भइसकेको छ । भीडलाई व्यवस्थित गर्न कार्यालयले कुपन सिस्टम लागू गरेको छ ।
सरकारले यसपटक चामलमा प्रतिकेजी रु सात छुट दिएको छ । कार्यालयले बासमती, स्टिम जिरा मसिनो र अलुवा सोना मन्सुली चामल सहुलियत मूल्यमा बिक्री गरेको छ । बासमती चामलको बजार मूल्य रु एक सय सात, सोना मन्सुलीको रु ४९ र स्टिम जिरा मसिनाको रु ६८ रहेकोमा सबैमा रु सात कम गरेर कार्यालयबाट बिक्री भएको छ ।
चामल खरिदकर्ताले एक पटकमा तीनै प्रकारका चामल एक÷एक बोरा खरिद गर्न सक्छन् । एउटै प्रकृतिको चामल भने एक बोरा मात्र खरिद गर्ने सकिने व्यवस्था मिलाइएको छ । सहुलियत मूल्यको चामल खरिद गर्न आउने उपभोक्ताले राष्ट्रिय परिचय खुल्ने कागजात ल्याउनुपर्छ । असोज १ गतेदेखि दसैँ, तिहार र छठलाई लक्षित गर्दै बिक्री सुरु गरिएको चामल कात्तिक १५ गतेसम्म बिक्री हुनेछ । कार्यालयले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चामल बिक्री गर्छ । यस कार्यालयबाट सहुलियत मूल्यको चामल पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ पठाइन्छ ।
सरकारले उपभोक्तलाई चाडपर्वमा खाद्यवस्तु, चामल, गहुँ, दाल, चिउरा, आटाको पिठो, तोरीको तेल, सनफ्लावर तेल सहुलियत मूल्यमा बिक्री गर्न अनुमति दिए पनि विर्तामोड कार्यालयमा भने चामल मात्र रहेको प्रमुख राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
-
अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण