पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
सारांश
- खाना पोको पार्न अखबारको प्रयोगले स्वास्थ्यमा विभिन्न जोखिम निम्त्याउन सक्छ, जसमा क्यान्सरको सम्भावना पनि पर्छ ।
- अखबारको मसीमा हुने रसायनहरू तातो वा ओसिलो खानासँग मिसिएर शरीरमा प्रवेश गर्न सक्छन् ।
- खाना प्याक गर्नका लागि फूड-ग्रेड सामग्रीहरू जस्तै बटर पेपर, एल्युमिनियम फोल, वा कन्टेनरहरू प्रयोग गर्नुपर्छ ।
काठमाडौँ । आजकल खाना पोको पार्न वा बेर्न अखबारहरू बढी प्रयोग भइरहेका छन् । धेरैजसो घरमा फोइल पेपरको ठाउँमा पत्रिकाहरू प्रयोग गरेको देखिन्छ । यो विधि सजिलो र सुविधाजनक देखिए पनि अखबारमा खाना पोको पार्नु राम्रो कुरा होइन ।
विभिन्न देशका खाद्य तथा औषधि प्रशासनहरूले अखबारमा खाना बेर्दा धेरै रोगहरूको जोखिम कारक हुन्छ भनेर भनिरहेका छन् । अझ पत्रिकामा तात्तातो खानेकुरा बेर्नु वा पोको पर्नु त झनै खतरनाक हो ।
अखबारमा प्रयोग भएको मसीबाट रसायनहरू खानामा चुहिन सक्छन् । यसले विशेष गरी क्यान्सर निम्त्याउन सक्छ । त्यसैले, खाना प्याक सधैं फुड–ग्रेड सामग्रीहरूमा प्याक गर्नु राम्रो हुन्छ ।
एक वा दुई पटक अखबारमा बेरेको खाने कुरा खाँदैमा क्यान्सर हुँदैन । तर लामो समयसम्म यसको प्रयोग गर्नु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । विशेष गरी तातो वा ओसिलो वस्तुहरू यसमा बेर्नु हुँदै हुन्न ।
वास्तवमा पत्रपत्रिकामा छापिएको मसीमा विभिन्न प्रकारका रसायनहरू हुन सक्छन् । तातो वस्तुहरूले यी रसायनहरू अवशोषित गर्न सक्छन्, जसले शरीरमा प्रवेश गर्दा क्रमिक रूपमा हानि पुर्याउन सक्छ । केही रसायनहरू लामो समयसम्म उच्च मात्रामा सम्पर्कमा राख्दा क्यान्सरको जोखिम बढाउने मानिन्छ ।
कहिले बढ्छ जोखिम ?
- पत्रपत्रिकामा तातो खानेकुरा पोको पार्दा ।
- पत्रपत्रिका आसपास मसलादार खाना राख्दा ।
- एउटै पत्रपत्रिका बारम्बार पुनः प्रयोग गर्दा ।
- बेकार भइसकेका पत्र पत्रिकाको प्रयोग गर्दा ।
के–के समस्या हुन सक्छन् ?
- पेट खराब हुन्छ ।
- फूड पोइजनिङ हुन सक्छ ।
- पाचनसम्बन्धी समस्या हुन सक्छ ।
- शरीरमा हानिकारक रसायनहरूको जम्मा हुन सक्छन् ।
- कलेजो र मिर्गौलामा दीर्घकालीन प्रभाव पर्न सक्छ ।
के हो खानेकुरा प्याक गर्ने सही तरिका ?
तपाईं खानेकुरा प्याक गर्न फूड–ग्रेड बटर पेपर, फूड–ग्रेड पेपर ब्याग, आल्मुनियम फोइल, वा स्टील वा फूड–ग्रेड प्लास्टिक कन्टेनरहरू प्रयोग गर्न सक्नुहुन्छ । यी विधिहरू स्वस्थकर र किफायती दुवै छन् ।
अस्वीकरणः सल्लाहसहित यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण