मोरङको रंगेलीमा ३२ वर्षीय युवाको शव भेटियो, हत्याको आशंका
मोरङको रंगेलीमा एक जना युवाको शव भेटिएको छ । मोरङ सुनवर्षी नगरपालिका ४ बटरबारी बस्ने ३२ वर्षीय अशोककुमार यादव धामीको शव भेटिएको छ । घरबाट काम गर्न भनी हिँडेका यादवको आज बिहान मोरङको रङेली बटरवारी जाने भित्री सड्क खण्डमा शव भेटिएको हो ।
यादव असोज १४ गते घरबाट काम गर्ने भनेर प्र.नं. १०२०४४ प. ३२६१ नम्बरको मोटरसाइकल लिएर हिँडेका थिए । घरबाट हिँडेको भोलिपल्ट शुक्रवार बिहान सा रङेली बटरवारी जाने भित्री सड्क खण्डको बाटोमा पार्किङ गरी राखी मोटरसाइकल राखेको स्थान बाट अन्दाजी १०/१२ मिटर दक्षिण बाटोमा कोल्टे परी मृत अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
घटनास्थलमा मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायक र इप्रका रंगेलिदेखी अनुसन्धानको लागि प्रहरी टोली परिचालन भएको छ । शव शङ्कास्पद देखिएकोले थप अनुसन्धान गर्न कुकुर सहितको टोली खटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
-
अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण