एमाले मोरङ जिल्ला कमिटी सदस्य विष्टद्वारा पार्टी परित्यागको घोषणा
शुक्रबार, १४ असोज २०७९, १९ : ५३
नेकपा एमालेको मोरङ जिल्ला कमिटी सदस्य समेत रहेकी पथरी शनिश्चरे नगरपालिकाकी पूर्व उपमेयर यमुना विष्टले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । उनले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले स्ट्याटसमा लेखेकी छिन ‘अब धेरै भयो मेरो इमान निष्ठा सबै भन्दा ठुलो हो आजबाट नै पार्टीबाट बिदा हुने निर्णय गरेँ।’
टिकट वितरणमा असन्तुष्ट भएर पार्टी परित्याग गरेको हुनसक्ने एमालेका नेताहरूको भनाइ रहेको छ । स्थानीय तहको निर्वाचनमा दोहरिने इच्छा राखेपनि टिकट नपाएपछि उनी रुष्ट बनेकी थिइन् । पछिल्लो समय उनले प्रदेशसभा उठ्ने इच्छा राखेकी थिइन् । प्रदेशसभामा पनि टिकट नपाउने सम्भावना बढेपछि विष्टले पार्टी परित्याग गरेको हुन सक्ने नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
-
अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण