गुलजार जोगवनी (फोटो)
विराटनगर बजारको इतिहास १ सय वर्ष पुरानो छ । त्यसको तुलनामा विराटनगरसँगै जोडिएको भारतीय बजार जोगवनीको व्यापारिक इतिहास ६० देखि ७० वर्षको मात्रै छ । तर, घरायसी खाद्यान्नका सामानदेखि लत्ताकपडा किनमेलका लागि जोगवनी जाने नेपालीको भीड थामिनसक्नुको देखिन्छ ।
दसैँको टिकाको मुखमा नेपालीहरू उल्लासका साथ जोगवनीमा किनमेलका लागि गइरहेको देखिन्छ । टिकाअघिको अगाडिको अन्तिम शनिबार बिहानैदेखि जोगवनी बजार अन्य दिनभन्दा धेरै चलायमान छ । किनमेलका लागि त्यहाँ पुगेका नेपालीको भीडका कारण बाटोमा आवतजावत गर्ने साना सवारी साधन सहज चल्न सकेका छैनन् ।
प्रत्येक पसलहरूमा नेपालीहरूकै भीड छ । नेपालबाट किनमेलका लागि जोगवनी जानेहरूको ताँती र सामान लिएर नेपालतर्फ आउँदै गरेका नेपालीहरू अत्यधिक देखिन्छन् । प्रत्येक जसो पसलमा दर्जनसम्म कामदारहरू राखेर व्यापारीले आफ्नो व्यापार गरिरहेका छन् । काउन्टरमा नेपाली रुपैयाँ बुझाउनेको लाइन देखिन्छ ।

विराट व्यापार संघका पूर्व अध्यक्ष सुजन थापाले जोगवनीमा यतिबेला ४ देखि ५ करोडसम्मको दैनिक कारोबार भइरहेको अनुमान गरिएको बताए । विराटनगरमा पनि पसलहरूमा किनमेल गर्ने मानिसको कमी छैन । यद्यपि जोगवनीमा जस्तो भीड भने देखिँदैन । विराटनगरको सेन्टरमल, भाटभटेनी जस्ता सुपरमार्केटहरुमा भने मानिसको चाप अत्यधिक देखिन्छ ।

उद्योगी, व्यापारीहरूको सधैँको एजेण्डा बनेको जोगवनीको बजार केही वर्ष अगाडि सरकारले न्यून विजकीकरण जारी गरेपछि भने केही शिथिल भएको थियो । जोगवनीको भीडलाई कम गर्नका लागि संक्षिप्त विजक जारी गर्नुपर्ने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा बताउँछन् । तर, त्यो निर्णय सरकारले लामो समय कार्यान्वयन गर्न सकेन । जसको कारण पुनः जोगवनी बजार गुलजार देखिन्छ ।
‘सरकारले नीति बनाएर लागू गर्नुपर्छ, न्यून विजकीकरणलाई केही वर्ष अगाडि कर लागू गरेजस्तै पुनः सुरु गर्नुपर्छ,’ बोहरा भन्छन्, ‘त्यसो हुँदा विराटनगरको बजार पनि केही राम्रो हुन्छ ।’






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
-
अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण