द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश गर्दै
सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्व प्रमुख तथा नेकपा एमालेका प्रदेश समिति सदस्य द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । आगामी निर्वाचनमा सुनसरीको निर्वाचन क्षेत्र २ (क)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने शर्तमा उनी माओवादी प्रवेश गर्न लागेका हुन् । यसअघि उनी माधवकुमार नेपाल पक्षमा लागेका थिए ।
यद्यपि १० बुँदे सहमति गरेर दश भाइ एमालेमै रहे सँगै उनी पनि एमालेमै रहेका थिए । चौधरीले आफू काठमाडौं जान विराटनगर एयरपोर्टमा रहेको र माओवादी प्रवेश गर्न लागेको सत्य भएको बताए । ‘सांसदको टिकट पाउने नपाउने भन्ने विषय २३ गतेपछि थाहा हुन्छ,’ चौधरीले भने, ‘तर, माओवादी प्रवेश गर्न लागेको भन्ने कुरा सत्य हो ।’
उनी भोली माओवादी अध्यक्ष प्रचण्डको हातको टिका लगाएर प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ । चौधरीलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने विषयमा माओवादी पंक्ति सहमत भइसकेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
-
अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण