दुई जना कैदीबन्दी भागेको विषयमा छानविन गर्न समिति गठन
उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका दुई जना कैदी फरार भएको विषयमा छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले समिति गठन गरेको छ ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जय राज सापकोटाको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको हो ।
छानविन समितिलाई घटना सम्बन्धमा वास्तविकता के भएको हो, स्थलगत रुपामा खटी गई सत्य तथ्य छानबिन गरी १० दिन भित्र रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ आज बिहान फरार भएका थिए । दुवै जना जिल्ला कारागार झापामा थिए । क्षयरोग देखिएपछि विराटनगरस्थित उक्त संस्थामा भर्ना गरिएको थियो ।
क्षयरोग लागेपछि उनीहरू भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए । जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा उनीहरु शनिबार विहानै फरार भएका थिए । प्रहरीले सुरक्षामा खटिएका प्रहरीमाथि पनि छानबिन गर्ने भएको छ ।
हेमरम जबरजस्ती करणी मुद्दाका कैदी हुन् । झापा गाउँपालिका–५ का बासिन्दा उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला भएको थियो । झापा गाउँपालिका ३ का गुरुङ भने लागूऔषध मुद्दामा पुर्पक्षका लगि थुनामा थिए । जिल्ला अदालत झापाले उनलाई २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
-
अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण