कर्णालीमा भागबण्डा : प्रतिनिधिसभामा माओवादी र प्रदेशसभामा कांग्रेसलाई बढी सिट, यस्तो छ सूची
सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि भागबण्डा टुङ्ग्याएको छ । जस अन्तर्गत कर्णालीमा प्रतिनिधिसभातर्फ माओवादीले बढी सिट पाएको छ भने प्रदेश सभातर्फ कांग्रेसले बढी पाएको छ ।
प्रतिनिधिसभातर्फ जम्मा १२ सिटमध्ये गठबन्धनबाट माओवादीले ५ सिट प्राप्त गरेको छ भने कांग्रेसले ४ र एकीकृत समाजवादीले ३ वटा सिट पाएको छ । यद्यपि कांग्रेसले भने गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर बढी सिट आफूले पाउनुपर्ने माग राखेको थियो ।
प्रदेशसभामा गठबन्धनका तर्फबाट कांग्रेसले बढी सिट प्राप्त गरेको छ । प्रदेशसभाका जम्मा २४ सिटमध्ये कांग्रेसले १२ सिट पाउँदा माओवादी ९ सिटमा सीमित बन्यो । यस्तै नेकपा एकीकृत समाजवादीले २ सिट प्राप्त गरेको छ ।
रुकुम पश्चिमको (ख) मा भने कांग्रेस र माओवादी दुबै दलको नाम उल्लेख गरिएको छ । माओवादी केन्द्रका नेताहरुले भने कर्णालीमा माओवादी नेतृत्वको सरकार बन्ने गरी भागबण्डा हुनुपर्ने बताउँदै आएका थिए । यसअघि माओवादीले २४ मध्ये १३ सिटमा दाबी गरेको थियो ।
यस्तो छ कर्णालीमा सत्तारुढ दलहरु बीचको सिट भागवण्डा

प्रतिनिधिसभातर्फ जम्मा : १२ सिट
कांग्रेस : ४
माओवादी : ५
नेकपा एकीकृत समाजवादी : ३
प्रदेशसभातर्फ जम्मा २४ सिट
कांग्रेस : १२
माओवादी : ९
नेकपा एकीकृत समाजवादी : २
नोट : रुकुम पश्चिम (ख) मा कांग्रेस÷माओवादी दुवै उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण