दैलेखमा नयाँ ट्विस्ट, माओवादी केन्द्रले घनश्याम भुसालसँगै एमाले त्यागेका योगेन्द्र शाहीलाई टिकट दिँदै
दैलेखका क्षेत्र नं.–२ (ख) मा नेकपा (माओवादी केन्द्र)ले शनिबार मात्रै एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई चुनाव लडाउने भएको छ । त्यसका लागि शाही काठमाडौंमा माओवादी केन्द्रका उच्च तहका नेताहरुसँग छलफलमा छन् ।
उनले शनिबार साँझ मात्रै एमाले परित्याग गरेको घोषणा गरेका थिए । उनी घनश्याम भुसाल निकट मानिन्छन् । ‘ म अहिले त्यही कुराको छलफलमा छु,’उनले रातोपाटीसँग भने,‘ एक घण्टामा निष्कर्ष आउँछ ।’
शाहीले एमालेबाट प्रदेश सभाको लागि टिकट नपाएका कारण एमाले परित्याग गरेका थिए । यता माओवादीबाट सिफारिसमा परेका उपेन्द्र कुमार रावत ‘सुशिल’ लाई ब्याक गराउने गरि माओवादी नेताहरु छलफलमा रहेको छन् । यो सँगै दैलेख माओवादीमा नयाँ तरङ्ग आएको छ ।
रावतले आफूनै उम्मेदवार बन्ने र गठबन्धनबाट पनि सो क्षेत्र माओवादीले नै पाएकोले चुनाव प्रचार–प्रसारको तयारी गरिसकेका थिए ।
माओवादी केन्द्र कर्णाली प्रदेशका इञ्चार्ज कालिबहादुर मल्लले शाहीलाई नै उम्मेदवार बनाउने संकेत गरे । उनले रातोपाटीसँग भने,‘ सबै साथीहरुको राय, सुझावले शाही बौद्धिक छवि भएको नेता भएकाले उम्मेदवार बनाउनेबारे छलफल भइरहेको छ । बाँकी केन्द्रबाट आउने कुरा भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन
-
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
-
यमनमा फेरि युद्धको जोखिम बढ्दै, हुथी विद्रोहीका लागि किन फरक हुन सक्छ यो पटकको संघर्ष ?
-
प्रस्तावित निर्वाचन आयुक्त सुब्बालाई सभापति श्रेष्ठको प्रश्न, ‘तपाईंको बिदाइको भाषण कस्तो होला?’
-
नेपाल केरामा आत्मनिर्भर उन्मुख
-
सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा कर्फ्यू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण