दल रावलद्वारा हुम्लाबाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता
नेकपा एमालेका केन्द्रीय सदस्य एवं कर्णालीका पूर्व मन्त्री दल रावलले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा गएर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
०७४ मा हुम्लाबाट प्रदेश सभा निर्वाचन लडेका उनले यो पटक भने प्रतिनिधि सभाको लागि उम्मेदवार बनेका छन् । उनको दर्ता नम्बर ९ रहेको छ । हुम्लामा दिउँसो २ बजे मनोनयन पत्र दर्ता गर्ने भनिए पनि मौसमको प्रतिकूलताका कारण त्यहाँ जान असम्भव भएका कारण केन्द्रीय निर्वाचन आयोगको कार्यालयबाट मनोनयन पत्र दर्ता गराएका हुन्।
एमाले हुम्लाको सह–इञ्चार्ज समेत रहेका रावल प्रदेशमा एमालेभित्र आशा लाग्दा नेताको रूपमा चिनिन्छन् । रावलले ०७४ मा प्रदेश सभा (क) बाट ७ हजार १५८ मतसहित विजयी हुँदा कांग्रेसका ठानबहादुर रोकायले ४ हजार ८११ मत प्राप्त गरेका थिए । रावलको प्रतिस्पर्धीको रूपमा गठबन्धनका तर्फबाट भने माओवादीका कार्चेन लामा उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण