शाहीलाई टिकट दिएपछि दैलेख माओवादीमा चर्को असन्तुष्टि
दैलेख क्षेत्र नं.–२ (ख) मा नेकपा (माओवादी केन्द्र) ले शनिबार मात्रै एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई टिकट दिएको छ । घनश्याम भुसाल प्रमुख रहेको एमालेको अर्थ तथा योजना विभागका केन्द्रीय सचिव रहेका उनले भुसालले एमाले परित्याग गरेसँगै एमाले शनिबार साँझ एमाले परित्याग गरेका हुन् ।
‘मैले टिकट पाइसकेको छु, अबको एक घण्टामा वारेसमार्फत मुख्य निर्वाचन आयोगको कार्यालय काठमाडौँमा मनोनयन दर्ता गराउँदै छु,’ शाहीले रातोपाटीसँग भने ।
शाही एमालेबाट पनि प्रदेश सभाका लागि सिफारिस भएका थिए । तर एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाहले टिकट प्राप्त गरे । माओवादीबाट एकल सिफारिसमा परेका उपेन्द्र कुमार रावत ‘सुशील’ लाई ब्याक गराएर शाहीलाई टिकेट दिएको भन्दै दैलेख माओवादीमा भने तरङ्ग आएको छ । केही माओवादी कार्यकर्ताले माओवादी त्यागेको घोषणा समेत गरिसकेका छन् ।
रावत माओवादीभित्रका बौद्धिक छवि भएका नेतामा पर्छन् । उनी टिकट पाउने निश्चित भएको र चुनाव प्रचारमा समेत जुटिसक्दा अन्तिममा आएर पूर्व एमाले शाहीलाई टिकट दिएको भन्दै कार्यकर्ता आश्चर्यचकित छन् । त्यसो हुनुमा प्रमुख कारण माओवादीभित्रको गुटगत राजनीति भएको नेताहरूले अर्थ्याएका छन् । रावत कर्णालीमा शक्ति बहादुर बस्नेत निकट मानिन्छन् । रावत शनिबार साँझसम्म पनि टिकट आफूले पाउनेमा ढुक्क थिए ।
‘जालझेल र षड्यन्त्रपूर्ण तरिकाले गरिने कुनै पनि निर्णय मान्य हुन सक्दैन,’रावतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
दैलेखका माओवादी निकै कमजोर छ । अझ क्षेत्र २ मा माओवादीका धेरै जसो नेताहरू एमालेमा लागेसँगै माओवादीको साङ्गठनिक अवस्था कमजोर छ । यसअघिका कुनै पनि चुनाव माओवादीले जितेको इतिहास छैन । गुटगत राजनीतिकै कारण लामो समय पार्टीभित्र सङ्घर्ष गरेको नेतालाई ब्याक गराएर हिजोसम्म पनि एमाले मै रहेको नेतालाई पार्टीमा प्रवेश नै नगराई टिकट दिएको भन्दै दैलेख माओवादीमा चर्को असन्तुष्टि पैदा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण