मौसम प्रतिकूलताका कारण वारेसनामार्फत् उम्मेदवारी दर्ता
मौसम प्रतिकूलताका कारण कर्णालीमा माओवादीका उम्मेदवारले वारेसनामार्फत प्रदेश राजधानी वीरेन्द्रनगरबाट नै उम्मेदवारी दर्ता गराएका छन्। साविक कर्णालीबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायत माओवादी केन्द्रका उम्मेदवारहरूले प्रदेश निर्वाचन आयोगको कार्यालयबाट उम्मेदवारी दर्ता गराएका हुन्।
लगातार बर्षाको कारण निर्वाचन आयोगले तोकिएको समय भित्र सम्बन्धित जिल्ला निर्वाचन आयोगको कार्यालय पुग्न नसकिने भएकोले वीरेन्द्रनगरबाट नै वारेसनामार्फत उम्मेदवारी दर्ता गराएको पूर्व मुख्यमन्त्री एवं कालिकोट जिल्लाबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका महेन्द्रबहादुर शाहीले जानकारी दिए ।
यसरी उम्मेदवारी दर्ता गराउनेमा हुम्लाबाट प्रतिनिधि सभाका उम्मेदवार छिरिङ डङ्गोल लामा, जुम्लाबाट प्रतिनिधि सभाका उम्मेदवार गोमा गौतम (कुँवर), हुम्ला प्रदेश सभा ‘क’ का उम्मेदवार रनसिङ परियार, मुगु प्रदेश सभा ‘ख’का उम्मेदवार मंगल शाही, कालिकोट प्रदेश सभा ‘क’का उम्मेदवार दुर्गाबहादुर रावत, डोल्पा प्रदेश सभा ‘ख’का उम्मेदवार वीरबहादुर शाही रहेका छन् । लगातार वर्षाका कारण कर्णाली राजमार्ग पहिराले बन्द हुँदा यातायातका साधनहरु संचालन हुन् सकिरहेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण