मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीको बाढीले आठ सयभन्दा बढी परिवार डुबानमा

सोमबार, २४ असोज २०७९, १५ : ४४
सोमबार, २४ असोज २०७९

लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको–८ सय घर डुबानमा पारेको र डुबानमा परेकालाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताए।

नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछामार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप