कर्णाली प्रदेशसभाका लागि माओवादीबाट १० उम्मेदवार, को कस्ता ?
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कर्णाली प्रदेशमा नेकपा माओवादीले १० जना उम्मेदवार मैदानमा उतारेको छ । माओवादीले प्रदेशमा २४ सिटमध्ये गठबन्धनबाट १३ सिटमा दाबी गरेपनि अन्ततः १० सिटमा मात्रै उम्मेदवारी दिएको हो ।
सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रले माओवादीको भागमा ९ सिटमा सहमति जुटाएको थियो । तर, रुकुम पश्चिम (ख)मा कांग्रेस/माओवादी दुबै दलको नाम उल्लेख थियो । सोहीअनुसार त्यहाँ माओवादी र कांग्रेस दुबैले उम्मेदवारी दर्ता गराएका छन्।
नयाँ अनुहारलाई प्राथमिकता
माओवादीले आफ्नो भागमा परेका अधिकांश क्षेत्रमा नयाँ अनुहारलाई अघि सारेको छ । माओवादीले उठाएका नयाँ अनुहारमा मुगु (ख) बाट मंगलबहादुर शाही, हुम्ला (क) मा रणसिंह परियार, सुर्खेत क्षेत्र नं.–१ (ख) मा कृष्ण बहादुर जिसी रहेका छन् । यस्तै रुकुमपश्चिम (क) मा महेन्द्र केसी र (ख) मा राजकुमार शर्मा रहेका छन् । यस्तै सल्यान (क) मा भीम प्रकाश शर्मा पनि पहिलो पटक चुनावी मैदानमा छन् ।
रुकुम पश्चिम (ख) मा कांग्रेसले दाबी गरेपनि माओवादीले नछाडेपछि कांग्रेसले पनि आफ्नो उम्मेदवार उठाएको छ । कांग्रेसले जिल्ला सभापति प्रेम प्रकाश ओलीलाई उम्मेदवार बनाएको छ । तर रुकुम पश्चिम माओवादीको आधार इलाका भएकाले दुबै क्षेत्र नछाड्ने अडानमा पुग्यो र शर्मालाई उम्मेदवार बनाएको हो । उनै शर्मा प्रदेशको मुख्यमन्त्री दाबेदार हुन् । उनी माओवादीको पूर्वप्रदेश अध्यक्ष समेत भइसकेका नेता हुन् ।
यस्तै जनाधार कमजोर रहेको दैलेख निर्वाचन क्षेत्र २ (ख) मा भने पूर्व एमालेलाई टिकट दिइएको छ । घनश्याम भुसाल निकट एमाले नेता योगेन्द्र शाहीको हातमा माओवादीले टिकट थमाएको हो । शाहीले शनिबार साँझमात्र एमाले परित्याग गरेका थिए । यद्यपि दैलेख माओवादीभित्र शाहीको उम्मेदवारीले तरङ्ग ल्याएको छ ।
यसअघि एकल सिफारिस भएका उपेन्द्र कुमार रावत ‘सुशील’ को टिकट खोसेर शाहीलाई दिएपछि माओवादी कार्यकर्तामा समेत विभाजन आएको छ ।
यसैगरी ०७४ निर्वाचित बनेका डोल्पाका वीरबहादुर शाही, सुर्खेतका विन्दमान विष्ट र कालिकोटका दुर्गाबहादुर रावत भने पुनः उम्मेदवार बनेका छन् । विष्ट र शाही कर्णाली प्रदेशका लागि सदस्य बन्दै मन्त्री समेत बनिसकेका व्यक्ति हुन् भने रावत प्रतिनिधि सभाको लागि उम्मेदवार थिए । कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिनिधि सभा रोजेपछि रावत प्रदेश झरेका हुन् ।
शाही डोल्पाबाट प्रदेश सभा (ख) बाट पुनः उम्मेदवार बनेका हुन् । उनी ०७४ मा ६ हजार ४१४ मतसहित विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेश बहादुर शाहीले २ हजार १०५ मत प्राप्त गरेका थिए । अहिले गठबन्धनको उम्मेदवार भएको कारण उनको सिट सुरक्षित हुने देखिन्छ । उनी अहिले कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् ।
यस्तै सुर्खेत क्षेत्र नं.–२ (ख) बाट विन्दमान विष्ट पुनः प्रदेश सभाका लागि उम्मेदवार बनेका छन् । ०७४ मा कांग्रेसका तप्त बहादुर विष्टलाई पराजित गरेका उनी प्रदेश सरकारको अर्थमन्त्री समेत भइसकेका छन् । उनले ०७४ मा १५ हजार ६४८ मत प्राप्त गरेका थिए । विष्ट गठबन्धनका साझा उम्मेदवार भएपनि एकीकृत समाजवादीले भने छुट्टै उम्मेदवार उठाएको छ ।
०७४ मा माओवादीले प्रत्यक्षतर्फ ९ सिट जितेको थियो । माओवादीले आसन्न निर्वाचनका लागि नयाँ अनुहारलाई प्राथमिकता दिएपनि प्रत्यक्षतर्फ महिलालाई भने उम्मेदवार बनाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण