नवौं राष्ट्रिय खेलकुद : आज दुई खेल हुँदै
मङ्गलबार, २५ असोज २०७९, ०९ : १५
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज महिला क्रिकेटमा दुई खेल हुँदैछन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलवार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरु हुने भएका हुन् ।
प्रतियोगिताको पहिलो खेलमा वागमती प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह ’ए’ मा एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश,सुदूरपश्चिम प्रदेश र वागमती प्रदेश रहेको छ भने समूह ’बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण