महिला क्रिकेट : एपीएफ र सुदूरपश्चिमको जित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल एपीएफ क्लब र सुदूरपश्चिमले जित निकालेका छन् । मंगलवार भएका खेलहरूमा एपीएफले बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई हराएका हुन् ।
मंगलवार भएको पहिलो खेलमा एपिएफले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । एपीएफको जितमा रोमा थापाले २२ तथा ममता चौधरीले १७ रन बनाइन् । नेरी थापाले अविजित १६ बनाउँदा कप्तान सीता राना मगरले १६ रन बनाइन् । बागमतीका लागि सुमन खतिवडा र सोनी पाख्रिनले २ तथा कप्तान अस्मिना कर्माचार्यले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले अविजित १९ र सुमन खतिवडाले पनि १९ रनको योगदान दिइन् । बागमतीका अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन असफल रहे । एपीएफका लागि रेखा रावल,नेरी थापा र इन्दु बर्माले समान १/१ विकेट लिएका थिए ।
आज नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ६ विकेट पराजित गरेको छ । गण्डकीले दिएको ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १० ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । सुदूरपश्चिमको जितमा रितु कनौजियाले २२ तथा स्नेहा महराले अविजित २१ रन बनाइन् । गण्डकीका लागि शिला क्षेत्रीले २ तथा श्रृष्टि जैसीले १ विकेट लिइन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ५ विकेट गुमाएर ५९ रन बनाएको थियो । गण्डकीका लागि कप्तान श्रृष्टि जैसीले अविजित २८ रन बनाइन् भने गण्डकीका अन्य ब्याटरले दोहोरो स्कोर छुन सकेनन् । सुदूरपश्चिमका लागि रितु कनौजियाले २ तथा अनु कडायत,स्नेहा महरा र सावित्री धामीले समान १/१ विकेट लिए ।- न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण