कर्णाली प्रदेश : पहिलो कार्यकाल बिताएका ३४ सदस्यमध्ये ६ जना फेरि प्रदेशसभामै उम्मेदवार
कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको अन्तिम समयसम्म कायम रहेका ३४ प्रदेशसभा सदस्यमध्ये ६ जनामात्र दोस्रो पटक प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् । दुई जना भने प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका हुन् ।
प्रतिनिधिसभाको उम्मेदवार बन्नेमा प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एवं माओवादी नेता महेन्द्रबहादुर शाही र एमाले केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला सह–इञ्चार्ज दल रावल छन् । रावलले प्रदेशमा सामाजिक विकास मन्त्रीको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् ।
प्रदेशसभामा फेरि उम्मेदवारी दिनेमा मुख्यमन्त्री जीवनबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही, भौतिक पूर्वाधार मन्त्री पदमबहादुर रोकाया, विन्दमान विष्ट र गुलाबजंग शाह छन् । प्रदेशसभाका २६ जना सदस्य भने उम्मेदवार बन्न सकेनन् । उम्मेदवार बन्न इच्छुक रहे पनि यीमध्ये कतिपयले टिकट प्राप्त गर्न सकेनन् भने कतिपयले आफ्नो दलले सम्बन्धित क्षेत्रमा भागबण्डा नपाउँदा उम्मेदवारी दिन पाएनन् ।
एमालेका प्रदेश इञ्चार्ज यामलाल कँडेल सुर्खेत–२ (क) बाट फेरि उम्मेदवार बनेका छन् । उनी एमालेका तर्फबाट मुख्यमन्त्रीका दाबेदार मानिएका छन् । पुनः मुख्यमन्त्रीकै दाबेदारीसहित वर्तमान मुख्यमन्त्री तथा कांग्रेसका नेता जीवनबहादुर शाही हुम्ला निर्वाचन क्षेत्र (ख) बाट चुनाव लड्दैछन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही डोल्पा (ख) बाट पुनः प्रदेशसभा निर्वाचन लड्दैछन् ।
यस्तै भौतिक पूर्वाधार मन्त्री रोकाया जुम्ला (ख) बाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार छन् । उनी ०७४ मा यही क्षेत्रबाट एमालेबाट उम्मेदवार रहेर निर्वाचित भएका थिए । हाल उनी नेकपा एकीकृत समाजवादीमा छन् । माओवादी नेता विन्दमान विष्ट सुर्खेत–२ (ख) बाट चुनाव लड्दैछन् । विष्ट माओवादीबाट मुख्यमन्त्रीको दाबेदार मानिन्छन् ।
एमाले प्रदेश सहइञ्चार्ज गुलाबजंग शाह सल्यान (ख) बाट चुनाव लड्दैछन् । ०७४ मा शाह (क) बाट निर्वाचित भएका थिए । यद्यपि अहिले आफ्नो क्षेत्रमा सुरक्षित नहुने देखेपछि उनी (ख) बाट उम्मेदवार बनेका हुन् ।
प्रदेशबाट प्रतिनिधिसभा उक्लिएका नेता
— पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही (कालिकोट)
— पूर्व मन्त्री एवं एमाले नेता दल रावल (हुम्ला)
प्रदेशमा दोहोरिन उम्मेदवारी दिएकाहरु
—मुख्यमन्त्री जीवनबहादुर शाही (कांग्रेस) – हुम्ला (ख)
— उद्योग, पर्यटन मन्त्री वीरबहादुर शाही (माओवादी)– डोल्पा (ख)
— भौतिक पूर्वाधार मन्त्री पदमबहादुर रोकाया (समाजवादी)–जुम्ला (ख)
—गुलाबजंग शाह (एमाले)– सल्यान (ख)
—यामलाल कँडेल (एमाले)–सुर्खेत २ (क)
—विन्दमान विष्ट (माओवादी)–सुर्खेत २ (ख)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण