बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीको निर्देशन अवज्ञा गरी उम्मेदवारी कायम राखेमा कारबाहीः एकीकृत समाजवादी

बुधबार, २६ असोज २०७९, १० : ०९
बुधबार, २६ असोज २०७९

नेकपा एकीकृत समाजवादी पार्टीले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा गठबन्धनको सहमति विपरीत उम्मेदवारी दिएका पार्टीका नेताहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । 
पार्टीका महासचिव डा वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा बुधबार १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ । 

पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा पार्टीले कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप