दैलेखमा गठबन्धन भर्सेस एमाले, यी हुन् उम्मेदवार
प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा सत्तारुढ गठबन्धनबाट एउटा क्षेत्रमा नेकपा एकीकृत समाजवादी र अर्को क्षेत्रमा नेपाली कांग्रेसले उम्मेदवारी दिएको छ । क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अमरबहादुर थापा गठबन्धनबाट उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा उनी प्रदेश सभातर्फ एमालेबाट निर्वाचित भएका थिए । एमाले विभाजनका क्रममा नेकपा एकीकृत समाजवादीमा रहेका उनलाई पार्टीले यस पटक संघीय संसदका लागि उम्मेदवार बनाएको हो ।
सो क्षेत्रमा एमालेबाट रविन्द्रराज शर्मा उम्मेदवार छन् । यहाँ राप्रपाले कुन्तीकुमारी शाहीलाई उम्मेदवार बनाएको छ । यस्तै, नेमकिपाबाट प्रकाश गुरुङ र नेपाली कांग्रेस (बीपी) बाट भुपालबहादुर थापा उम्मेदवार छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्द्रप्रसाद शर्मा र स्वतन्त्र उम्मेदवारका रुपमा निरखबहादुर थापा र गोपाल नेपाली चुनावी मैदानमा छन् ।
क्षेत्र नम्बर २ मा एमालेले लक्ष्मीप्रसाद पोखरेललाई उम्मेदवार बनाएको छ । यहाँ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका दिक्पालकुमार शाही उम्मेदवार छन् । यस्तै, राप्रपाबाट लोकेन्द्रराज गिरी, नेमकिपाबाट केसेन्द्र प्रकाश कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बखत बहादुर भण्डारी उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण