सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा पूर्वमन्त्रीदेखि नयाँ अनुहारसम्मको भिडन्त, स्वतन्त्रको बाढी

बिहीबार, २७ असोज २०७९, १५ : ५५
बिहीबार, २७ असोज २०७९

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि धनुषामा प्रतिनिधिसभातर्फ १०१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा होमिएकामध्ये झण्डै एक दर्जन उम्मेदवार पूर्वमन्त्री नै रहेका छन् । 

यस्तै नयाँ अनुहारपनि उल्लेख्य रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार क्षेत्र नम्बर १ मा २५ उम्मेदवार रहेका छन् । जसमा सत्ता गठबन्धनबाट पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता मात्रिका प्रसाद यादव उम्मेदवार रहेका छन् । उनको प्रमुख प्रतिद्वन्द्वीमा जसपाका दीपक कार्की रहेका छन् । कार्कीलाई एमालेको समर्थन रहेको छ । 

यसैगरी सोही क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मनोज मल्ल ठकुरी, जनमत पार्टीबाट किशोरी साह कमल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपाल लक्ष्मण महतो सुडी, नेपाल सद्भावना पार्टीबाट राजदेव महतो, सामाजिक एकता पार्टी केशर मुखिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्मेन्द्र कुमार राय उम्मेदवार रहेका छन् । यस्तै सोही क्षेत्रबाट स्वतन्त्रमा दामोदर चौहान, अजय कुमार ठाकुर, लक्ष्मेसर साह, जनार्दन मंडल, जय नारायण यादव, अशोक कुमार यादव, युगेश्वर यादव, भुपेन्द्र यादव, महेश कुमार यादव, अशोक गोहितमान, साधु यादव, सुर्य नारायण जोशी, संजित कुमार साह, महेश लाल यादव, विजय कुमार यादव, धिरज प्रसाद न्यौपाने र मोहमद तैयब सेख उम्मेदवारी रहेको छ । 

यसैगरी क्षेत्र नम्बर २ मा एमालेबाट उमाशंकर अरगरिया र कांग्रेसबाट रामकृष्ण यादव उम्मेदवार छन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झाको उम्मेदवारी रहेको छ । तीनै उम्मेदवार पूर्वमन्त्री हुन् । यस्तै जनता समाजवादी पार्टी नेपालले आनन्द यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीलेराज कुमार अधिकारी, जनमत पार्टीले जय नारायण साह, जनता प्रगतिशिल पार्टी, नेपालले रुप नारायण मंडल, केवट, राष्ट्रिय स्वतन्त्र पार्टीले चनसेखर कुमार यादवलाई उम्मेदवपार बनाएको छ । 

यस्तै यस्तै क्षेत्र नम्बर १ मा जस्तै २ मा पनि स्वतन्त्रको बाढी रहेको छ । स्वतन्त्र उम्मेदवारी दिनेमा प्रदिप कुमार यादब, बद्री प्रसाद फरकार यादव, न्यास यादव, शिवा नन्द पाण्डे, राजेश कुमार अमात, शैलेन्द्र कुमार सिंह, राम एकवाल यादव र घुरन यादव रहेका छन् । यस्तै धनुषा क्षेत्र नम्बर ३ मा एमालेले जुली कुमारी महतो (महासेठ) लाई उम्मेदवार बनाएको छ । यस्तै लोसपाबाट अनिल कुमार झा उम्मेदवार रहेका छन् । दुबै पूर्वमन्त्री हुन् भने महासेठलाई जसपाको समर्थन रहेको छ भने झालाई सत्ता गठबन्धनको समर्थन रहेको छ । 

यस्तै सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राम पदारथ मंडल, नेपाल मजदुर किसान पार्टीले राम हृदय साह तेली, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले अनिल कुमार झा, जनमत पार्टीले शम्भु नाथ साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले     हुसैन कवारी, बहुजन एकता पार्टी नेपालले लक्ष्मी मण्डल खत्वे, नेपाल जनता पार्टीले पुनम चोधरी, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रविणा कुमारी ठाकुर र राष्ट्रिय स्वतन्त्र पार्टीले रंजित पंजियारलाई उम्मेदवार बनाएको छ । 

यस्तै स्वतन्त्रबाट पुजा साह, सत्य नारायण शाह, बैदेही रमण ठाकुर, त्रिदेव कुमार मिश्र, मो जासिम नदाफ, मात्रिका प्रसाद दास, श्याम किशोर साह, अरबिन्द कुमार पासवान, अनिल कुमार यादव, अजय कुमार यादव, राज कुमार साह, उमेश साह, मिलन कुमारी शाह, चन्द्र शेषर साह, शिलाकान्त झा, उमेश चौधरी, ज्योति कुमारी साह, जीवन साह तेली, सुनिल कुमार कर्ण, अमरेन्द्र कण्ठ र कृष्णा यादव उम्मेदवार रहेका छन् । 

यसैगरी धनुषा क्षेत्र नम्बर ४ मा पूर्वमन्त्रीहरु एमालेका नेता रघुवीर महासेठ र कांग्रेसका महेन्द्र यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । महासेठलाई जसपाको समर्थन रहेको छ भने यादवलाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।  यसैगरी जनता समाजवादी पार्टी, नेपालले महाजन यादव, राष्ट्रिय प्रजातन्त्र पाटीले अनिरुद्ध यादव, जनता प्रगतिशिल पार्टी, नेपालले राम चन्द्र यादव, नेपाल लोकतान्त्रिक पार्टीले कृष्ण चन्द्र प्रसाद साह, नेपाल कम्युनिष्ट पार्टीले राम दुलार महतो र राष्ट्रिय स्वतन्त्र पार्टीले संजय कुमार यादवलाई उम्मेदवार बनाएको छ । 

यस्तै स्वतन्त्र उम्मेदवारी दिनेमा राजकुमार यादव, महेश कुमार यादव, राम अचल यादव, राम कृष्ण यादव, दिपेश कुमार यादव,  श्याम किसोर यादव, अनिल कुमार चौधरी, विजय कुमार यादव,  श्रवण दास तत्मा, देबेन्द्र कुमार पजियार, विजय कुमार साह सुडी, कलम देव यादव, हरि किशोर यादव, संजय कुमार यादव, व्रहमदेव महतो, कृष्ण कुमार महतो, प्रशुराम कुमार यादब,  रामगुण यादव, अरुण कुमार साह, नवल यादव र राजेश कुमार यादव रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप