पाल्पामा विपद् व्यवस्थापनको नमूना अभ्यास
पाल्पामा विपद् ब्यवस्थापनका लागि अभ्यास प्रदर्शन गरिएको छ । विपद्का बेला सुरक्षा निकायले गर्ने उद्धारको नमूना अभ्यास गरिएको छ । नेपाली सेना, शसस्त्र प्रहरी तथा जनपथ प्रहरीको संयुक्त टोलीले तानसेनमा विपद्का घटनामा परेका नागरिकको उद्दारमा अपनाउन सकिने छ प्रकारका अभ्याससहित प्रदर्शन गरेको हो ।
विपद्का घटना जस्तै अग्ला खोँचमा खसेका, दुर्घटनाबाट भीरमा फसेका गम्भीर घाइते, अचेत अवस्थाका व्यक्तिलाई सुरक्षित रुपमा उद्दार गर्न सुरक्षाका टोलीले नमूना प्रदर्शन गरेको हो । विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायले अभ्याससहितको प्रदर्शन गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
टोलीले टप रोप क्लाम्बिङ्, सिलिङ् एण्ड क्याराविनर र्यापेलिङ्, फिक्स रोप क्लाम्बिङ्, काउण्टर व्यालेन्स रेस्क्यू, हाई लाइन रोप रेस्क्यु तथा ओभर ह्याङ् र्यापेलिङ् जस्ता प्रदर्शन गरेका थिए ।
खोँच तथा भीरमा परेका नागरिकलाई डोरी र सुरक्षा सामग्रीको सहयोगमा उद्दार गर्न सकिने, ९० डिग्री भन्दा बढी ढलान भएको चट्टानी इलाकाबाट उद्धारको अभ्यास गरिएको पाल्पा स्थित दि फेमस महिन्द्रा दल गणका गणपति बालमुकुन्द विष्टले बताए । उनले बाढी, पहिरो, दुर्घटना, तथा एक्कासी हुने घटनाबाट जोखिममा परेका नागरिकको उद्दार कार्यमा सहजता ल्याउन संयुक्त अभ्यास गरिएको उल्लेख गरे ।
पाल्पा पहाडी जिल्ला भएकाले यहाँको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै जिल्लास्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न र उनीहरूको मनोवल बढाउन यस्तो प्रदर्शन गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण