गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयलाई प्राथमिकता : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयलाई रोजगारी दिलाउने बताएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाणले भैरहवामा आयोजित गठबन्धनको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै स्थानीयले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकोले विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले योग्यता अनुसारको रोजगारीमा प्राथमिकता पाउने उल्लेख गरे ।
उनले भने, ‘विमानस्थल निमार्णका लागि पुस्तौली जग्गा दिएर योगदान पुर्याएकाहरुले नै हरेक अवसरमा पहिलो प्राथमिकता पाउनुपर्छ, स्थानीयले जग्गा नदिएको भए विमानस्थल बन्न सम्भव थिएन ।’ गृहमन्त्री खाणले विमानस्थल निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ, त्यो परिवारका सदस्यलाई विमानस्थलको रोजगारीमा योग्यताअनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध रहेको बताए ।
सोबारे आफूले गौतमबुद्ध विमानस्थल प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा पनि गरीरहेको उनको भनाइ थियो । त्यस्तै विमानस्थलमा कार्गो सञ्चालनका लागि पहल भैरहेको भन्दै उनले कार्गो सञ्चालनमा आएपछि यहाँको कृषि तथा औद्योगिक उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पुर्याएर स्थानीयलाई रोजगारी बढाउन सक्ने बताए ।
खाँण पाँचदलीय गठबन्धनबाट रुपन्देही– ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । चुनावी कार्यक्रमका लागि उनी रुपन्देहीमा ब्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण