शेख रसेल कप चेसमा नेपालसँग पाकिस्तान पराजित
बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनसिपमा नेपालले पाकिस्तानमाथि ३(५–०(५ को सानदार जित दर्ज गरेको छ ।
शनिबार सम्पन्न तेश्रो राउण्डको खेलमा नेपालको तर्फबाट पहिलो बोर्डमा फिडेमास्टर रिजेन्द्र राजभण्डारीले आफूभन्दा उच्च वरियताका पाकिस्तानी फिडेमास्टर करिम अमेरलाई पराजित गरे । दोश्रो बोर्डमा खेलेका फिडेमास्टर विलमलाल श्रेष्ठले सोहिल जुनाईदमाथि सहज जित हात पारे ।
प्रतियोगितामा पहिलो खेल खेलेका राजेन्द्रप्रसाद श्रेष्ठले चौथो बोर्डमा उच्च वरीयताका मुहमद सहाजेवलाई हार चखाए भने तेश्रो बोर्डमा प्रतिस्पर्धा गरेका सिंगेश्वर दासले उच्च वरीयताका फिडेमास्टर मुहमद वाकरलाई बराबरीमा रोक्न सफल रहे ।
तीन राउण्डको समाप्ति पश्चात आयोजक बंगलादेश ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । त्यसैगरी समान चारचार अंक बनाएका नेपाल तथा श्रीलंका क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहेका छन् । राउण्ड रोविन प्रणालीमा सञ्चालन भईरहेको च्याम्पियनसिपको पहिलो चरणको समाप्ति पश्चात शिर्ष ३ टोली सुपर लिगमा प्रवेश गर्नेछन् । च्याम्पियनसिप अन्तर्गत नेपालले आइतबार श्रीलंकाको सामना गर्नेछ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण