देवदहदेखि माथागढीसम्म पदमार्ग निर्माण गरिने
रुपन्देहीको देवदह नगरपालिका वडा नं. ६ सरनवारीबाट पाल्पाको माथागढीसम्म पदमार्ग निर्माण हुने भएको छ । देवदह नगरपालिका र मध्य पश्चिम पृतना बुटवलको संयुक्त आयाेजनामा पदमार्ग निर्माण गर्ने गरी संभाव्यता अध्ययन शुरु गरिएको छ ।
देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी पदमार्ग (सिंढीसहितको) निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । देवदह नगरपालिकाको आर्थिक र मध्य पश्चिम पृतना बुटवलको प्राविधिक सहयोगमा पदमार्ग निर्माण गरिने देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले जानकारी दिए । तत्कालिन देवदह गाविसले ०५१ सालदेखि नै सरनवारीदेखि पाल्पाको माथागढीसम्म पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी योजना निर्माण गरेको भएपनि सिढिमार्ग निर्माण गर्न जनशक्ति नपाएका कारण रोकिएको खरेलले बताए ।
सरनवारीदेखि माथागढी मन्दिर जान आउनको लागि हाल राम्रो बाटो नभएको अवस्थामा सिंढी निर्माण गरी पदमार्ग बनाउन लागिएको देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुगले बताइन् ।
पदमार्ग सम्भाव्यता अध्ययन गर्न सरोकारवालाको एक टोलीले शनिबार स्थलगत अध्ययन गरेको छ । टोलीमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका÷वडा सदस्य, सामुदायिक वन पदाधिकारी लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण