बलात्कार प्रयास र कुटपिटको आरोपमा युनाइटेडका फरवार्ड ग्रिनवुड पक्राउ
आइतबार, ३० असोज २०७९, ०८ : ५९
म्यानचेस्टर युनाइटेडका फुटबलर मेसन ग्रिनवुड बलात्कारको प्रयास, नियन्त्रण गर्ने व्यवहार र कुटपिटको आरोपमा पक्राउ परेका छन् । अनलाइनमा फोटो र भिडियो पोष्ट भएपछि २१ वर्षीय फरवार्डलाई गत जनवरीमा प्रहरीले पक्राउ गरेको थियो ।
त्यसपछि धरौटीमा रिहा भएका उनी त्यसको नियमहरु उल्लंघन गरेको आरोपमा शनिबार पुनः पक्राउ गरेका हुन् । सोही महिलाको उजुरीको सम्बन्धमा ग्रिनवुडलाई पक्राउ गरिएको अभियोजकले जानकारी दिएका छन् । ग्रिनवुडलाई म्यानचेस्टर एन्ड सालफोर्ड म्याजिस्ट्रेट कोर्टमा सोमबार प्रस्तुत गरिने बताइएको छ ।
इंग्ल्याण्डको सिनियर टोलीका लागि एक खेल खेलेका खेलाडीले पक्राउ परे यता म्यानचेस्टर युनाइटेडबाट खेल्ने वा प्रशिक्षण गरेका छैनन् । नाइकीले उनीसँगको प्रायोजन अन्त्य गरेको छ भने एलेक्ट्रोनिक आर्टस्ले फिफा २२ खेलबाट उनलाई हटाएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि दाबेदार फ्रान्स कसरी बन्यो स्पेनविरुद्ध यति निरीह ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूले गरे उठेर विरोध
-
उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान
-
ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा
-
सुतेकै अवस्थामा कैदीको मृत्यु
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण