थिमीमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आइतबार, ३० असोज २०७९, १० : ३४
भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–६ बहाखा चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिएको छ । ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालक नुवाकोट घर भई कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।
गएराति सवा १० बजे सानो थिमीबाट निकोसेरा जाँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सीले बा ८५ प ५४४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बिपरित दिशातर्फबाट आइरहेका मोटरसाइकल चालक पण्डितको उपचारको क्रममा माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
भक्तपुर नगरपालिका १० घर भएका ट्याक्सी चालक ३९ वर्षका सुन्दर गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत थिमीले अनुसन्धान गरिरहेको डिएसपी पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको आक्रामक सुरुवात, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण