एनसीसी बैंकद्वारा नगद ८५ करोड लाभांश बाँड्ने घोषणा
आइतबार, ३० असोज २०७९, ११ : २२
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले बोनस सेयर र नगद गरी १ अर्ब २२ करोड लाभांश बाँड्ने भएको छ ।
शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८÷७९ को वितरण योग्य मुनाफाबाट ३७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बोनस र ८५ करोड ३ लाख ६४ हजार ५८२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यो बैंकको हाल कायम चुक्ता पुँजीको क्रमशः ३.३६६३ प्रतिशत र ७.६३३७ प्रतिशतको लाभांश वितरण हो । हाल बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ चुक्ता पुँजी कायम छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण