कुमारी बैंकको १२.५० प्रतिशत नगद लाभांश स्वीकृत, कात्तिक १४ गते बुक क्लोज गरिने
आइतबार, ३० असोज २०७९, १८ : ११
कुमारी बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट १२.५० प्रतिशत लाभांश दिने भएको छ । हालै बसेको बैंक सञ्चालक समितिको बैठकले कुल चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
सोही लाभांश वितरणका लागि बैंकले असोज ३० गते बैठक बस्दै आगामी कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । योसँगै कात्तिक १३ गतेसम्म कायम सेयरधनीहरू मात्रै बैंकको लाभांश लिन योग्य हुने छन् ।
बैंकद्वारा प्रस्तावित १२.५० प्रतिशत नगद लाभांश (करसहित) नेपाल राष्ट्र बैंकबाट स्वीकृत समेत भइसकेको छ । उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : मार्को रुबियो
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण