बैंकको ब्याजदर नबढ्ने
कात्तिक महिनाका लागि बैंकको ब्याजदर नबढ्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आगामी कात्तिक महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेको हो । अघिल्लो महिना अर्थात् भदौ मसान्तमा संघले ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै छाडिदिने निर्णय गरेको थियो । जसअनुसार बैंकहरुले असोज महिनाका लागि आफुखुशी निक्षेपको ब्याजदर १० प्रतिशतले बढाएका थिए ।
बढेको ब्याजदर अनुसार हाल बैंकिङ ब्याजदर अधिकतम १३.१३ प्रतिशतसम्म पुगेको छ । यद्यपि, केही बैंकहरुले भने १५ प्रतिशतसम्म पुर्याएको र कर्जाको ब्याजदर १८ प्रतिशत माथि पुगेको भन्दै यता उद्योग व्यवसायीहरुले विरोध जनाइरहेका छन् ।
उसो त बैंकहरुले ब्याजदर बढाएपछि आक्रोशित भएका व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गरेपछि अर्थमन्त्री जनार्दन शर्माले ११ सदस्यीय ब्याजदर अध्ययन समिति गठन गरेका थिए । तर, उक्त समितिले ब्याजदर वृद्धि जायज भएको भन्दै बजार महँगी (मुद्रास्फीति) लाई नियन्त्रणमा राख्न पनि ब्याजदर वृद्धि गर्नु उचित भएको रिपोर्ट बुझाएको थियो । अन्ततः ब्याजदर घटाउन सरकारले कसरत गरेपनि नघट्ने भएको छ ।
संघको पछिल्लो निर्णयले कात्तिक महिनाका लागि पनि बैंकिङ ब्याजदर १२.०३ प्रतिशत कायम हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण