१२ वर्षदेखि फरार अभियुक्त पक्राउ
सोमबार, ३१ असोज २०७९, १६ : ३८
भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । २४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस-२ कोइला बस्ती (हालको घोराही उपमहानगरपालिका-१९) बस्ने ३२ वर्षका सूर्यबहादुर रानाको हत्या मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद (२० वर्ष) कैद सजाय फैसला भएको थियो ।
त्यसबेलादेखि हालसम्म फरार रहेका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । प्रेमबहादुर रानालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले ठिमी संगमचोक भक्तपुरबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउपछि उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । रानालाई अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौ चलान गरेको उनले जनाए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण