नवौं खेलकुद : म्याराथनमा पुरुषतर्फ गण्डकीका अनिशलाई स्वर्ण
मङ्गलबार, ०१ कात्तिक २०७९, १० : ११
एथलेटिक्सको म्याराथनमा गण्डकीमा अनिश थापा मगरले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा मंगलबार अनिशले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते ।
त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले निर्धारित दुरी २ घण्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । एपीएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।
भारतीय सेनामा कार्यरत अनिश राष्ट्रिय खेलकुदका लागि नेपाल आएका हुन् । उनले देशका लागि खेल्न पनि आफू इच्छुक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण