नवौं खेलकुद : म्याराथनमा पुरुषतर्फ गण्डकीका अनिशलाई स्वर्ण
मङ्गलबार, ०१ कात्तिक २०७९, १० : ११

एथलेटिक्सको म्याराथनमा गण्डकीमा अनिश थापा मगरले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा मंगलबार अनिशले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते ।
त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले निर्धारित दुरी २ घण्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । एपीएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।
भारतीय सेनामा कार्यरत अनिश राष्ट्रिय खेलकुदका लागि नेपाल आएका हुन् । उनले देशका लागि खेल्न पनि आफू इच्छुक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण
-
सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर झण्डै ६ लाख घुससहित नियन्त्रणमा
-
काभ्रेका किसानहरूले कृषिमन्त्रीलाई भने - रासायनिक मल उपलब्ध गराइदिनुस्
-
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगे भारतीय वातावरण मन्त्री
-
विद्युत् अवरूद्धपछि अन्धकार काठमाडौँ (तस्बिरहरू)
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य