शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

डोटीमा ठूलो असिना पानी, भित्र्याउने बेलाको धान खेतीमा क्षति

मङ्गलबार, ०१ कात्तिक २०७९, १८ : २२
मङ्गलबार, ०१ कात्तिक २०७९

डोटीमा असिनासहित ठूलो पानी परेको छ । मंगलबार जिल्लामा भारी वर्षा हुनुका साथै ठूलो असिना परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श र सायल गाउँपालिकाका साथै जिल्लाका विभिन्न स्थानमा यतिबेला भारी वर्षासँगै असिना परको छ । आज अपरान्ह ४ बजेबाट असिना पानी परेको सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् । उनले अहिले आफू डोटीको आदर्श गाउँपालिकामा रहेको र असिना पानीले ठूलो क्षति पुर्‍याएको बताएकी छन् ।

केही दिन पहिले भएको अविरल वर्षाका कारण ठूलो क्षति पुगेकोमा आज अकल्पनीय रुपमा आएको असिना पानीले भित्र्याउने बेलाको धान खेती सखाप पारेको जोशीले बताइन् ।-न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप