चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ
मङ्गलबार, ०१ कात्तिक २०७९, १८ : २८
प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज-१३ का सुमित कुशवाहा, वीरगञ्ज-१२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज-११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन् । यसैगरी पोखरिया नगरपालिका-६ का खरबुद आलमलाई प्रहरीले सखुवा प्रसौनी गाउँपालिका-२ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले बताए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण