डडेल्धुराका विद्रोहीलाई एकीकृत समाजवादीको अल्टिमेटम
मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा डडेल्धुरामा बागी उम्मेदवारी दिनेलाई नेकपा एकीकृत समाजवादी पार्टीले निष्कासित गर्ने चेतावनी दिएको छ ।
महासचिव डा. बेदुराम भुसालले विज्ञप्ति जारी गर्दै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ (२) मा पार्टी निर्णयविपरीत स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दिएका पार्टी केन्द्रीय कमिटी सदस्य डा. ताराप्रसाद जोशीलाई आगामी २४ घण्टा भित्र पार्टी निर्णय र गठबन्धनको मर्म बमोजिम आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उम्मेदवारहरूलाई समर्थन गरी सहयोग पुर्याउन निर्देशन दिएका हुन् ।
साथै डडेल्धुरा जिल्ला कमिटीका अध्यक्ष कवीन्द्र विष्टलाई पनि पार्टी निर्णय विपरीतका क्रियाकलापमा संलग्न नहुन निर्देशन दिएको छ । गरिन्छ । विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त बमोजिमका निर्देशनहरूको पालना नगरिएमा स्वतः पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने ब्यहोरा जानकारी गराइन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण